
मुम्बई । भारतीय अभिनेत्री कियारा आडवाणी आमा बन्न लागेकी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सोसल मिडिया अकाउन्टमा खुसीको खबर सेयर गरेका छन् ।
इन्स्टाग्राममा फोटो सेयर गर्दै कियारा र सिद्धार्थ लेख्छन्, ‘हाम्रो जीवनको महान उपहार, चाँडै आउँदैछ ।’ यो पोस्टमा दुईजनाले आफ्नो हातमा बच्चाको ऊनको मोजा देखाएका छन् ।
पोस्ट देखेपछि फ्यान खुसी छन् । फिल्म उद्योगकासाथीले पनि जोडीलाई बधाई दिइरहेका छन् । हुमा कुरैशीदेखि नेहा धुपियाजस्ता स्टारले बधाई दिएका छन् ।
कुरैशी लेख्छिन्, ‘ओएमजी, बधाई छ ।’ नेहा धुपिया लेख्छिन्, ‘तिमी दुबैलाई बधाई, मीठो खबर ।’ यो खबर सुनेपछि आथिया शेट्टीले पनि यो जोडीलाई माया गरेकी छिन् । मसाबा गुप्ताले पनि बधाई दिएकी छिन् ।
एकता कपुरले हास्यास्पद कमेन्ट गर्दै लेखेकी छिन्, ‘अब रातहरू साँच्चै लामो हुन थाल्नेछन् । अब निद्रारहित रातहरू सुरु हुनेछन् ।’ शिल्पा शेट्टी, मनिष पल, गौहर खान जस्ता धेरै सेलिब्रेटीले कियारा र सिद्धार्थलाई खुसीको खबरको लागि बधाई दिएका छन् ।
यो जोडीले २१ दिनअघि मात्रै आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाएको थियो । कियारा र सिद्धार्थको भेट सन् २०२१ मा रिलिज भएको फिल्म ‘शेरशाह’को सेटमा भएको थियो ।
फिल्ममा सिद्धार्थले परमवीर चक्र पुरस्कार विजेता क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए भने कियाराले उनकी प्रेमिका डिम्पलको भूमिका निर्वाह गरिन् । सुटिङका क्रममा दुवै नजिकिए र डेट गर्न थाले ।
दुवैले फेब्रुअरी ७, २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । विवाहको दुई वर्षपछि उनीहरु अभिभावक बन्न लागेका हुन् ।
प्रतिक्रिया 4