+
+
Shares

गुल्मीलाई खोरेत रोगमुक्त बनाउने अभियान सुरु

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले खोरेत रोगमुक्त अभियान सुरु गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १७:२५

१६ फागुन, गुल्मी । गुल्मीलाई खोरेत रोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले खोरेत रोगमुक्त अभियान सुरु गरेको हो । केन्द्रले जिल्लाका २ नगर र १० गाउँपालिकामा खोरेत रोगमुक्त अभियान सुरु गरेको हो ।

जिल्लाभरि ७१ हजार मात्रा खोरेत विरुद्धको खोप लगाउन थालिएको केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले बताए ।

जिल्लामा ५८ जना भ्याक्सिनेटर खटिएका छन् । सत्यवतीमा ६ जना, रुरुक्षेत्रमा ७ जना र अरू ४५ जना १० स्थानीय तहमा खटिएको कार्यालय प्रमुख पाण्डेले बताए ।

रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकाबाट दुग्दजन्य परिकार उत्पादन तथा अन्य पालिका समेत निर्यात हुने भएकाले घरपालुवा जनावरलाई अनिवार्य खोरेत रोगविरुद्धको खोप लगाउने काम भइरहेको पाण्डेले बताए ।

यी दुई स्थानीय तहमा खोरेत रोगमुक्त घोषणा गर्न चारकिल्ला तोक्ने निर्णय समेत भएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७९/८० मा १० हजार ९७६ मात्रा हजार मात्रा खोरेतविरुद्धको खोप लगाइएको छ ।

२०८०/८१ मा २९ हजार ९८ हजार मात्रा र चालु आर्थिक वर्षमा ७१ हजार मात्रा खोरेत विरुद्धको खोप लगाउन थालिएको कार्यालयले जनाएको छ । गाई, भैंसी, बङ्गुर, बाख्रा, भेँडामा यो रोग देखिने गरेको पाइएको छ ।

यी मध्ये गाई र भैंसीमा बढी मात्रामा खोरेत रोगको समस्या देखिने गरेको छ ।

नेपालमा सन् २०३० सम्म खोरेत रोग न्यूनीकरण गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?