+

क्लब फुटबललाई निरन्तरता दिन कप्तान एन्जिला ग्रीस प्रस्थान

२०८१ फागुन  १६ गते १७:४१ २०८१ फागुन १६ गते १७:४१
क्लब फुटबललाई निरन्तरता दिन कप्तान एन्जिला ग्रीस प्रस्थान

१६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा क्लब फुटबल खेल्नका लागि ग्रीस प्रस्थान गरेकी छन् ।

एन्जिला शुक्रबार ग्रीसतर्फ लागेकी हुन् । यसअघि फरवार्डद्वय सावित्रा भण्डारी फ्रान्स र रेखा पौडेल यूएईतर्फ बिहीबार नै गइसकेका थिए । एन्जिला शुक्रबार गएकी हुन् ।

ग्रीक क्लब निस अट्रोमिटौमा आबद्ध उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार एन्फाका पदाधिकारीहरूले बिदाई गरेका थिए ।

नेपाली राष्ट्रिय टोलीबाट खेल्न नेपाल फर्किएका उनीहरू तीनैजना बुधबार अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सकिएसँगै पुनः क्लब फुटबलका लागि फर्किएका हुन् ।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो ।

एन्जिलाको जीवनीमा आधारित तथा उनी आफैं अभिनित चलचित्र एन्जिला अब केही दिनमा प्रसारणमा आउँदै छ । त्यस चलचित्रको ट्रेलर रिलिज पनि शुक्रबार भएको थियो ।

एन्जिला तुम्बापो सुब्बा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय