+
+
Shares

‘फेरि रेशम फिलिली’लाई सकारात्मक प्रतिक्रिया, हल भिजिटमा कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १८:२८

काठमाडौं । बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त गरिरहेको छ । महाशिवरात्रिको अवसरमा रिलिज भएको फिल्मले पहिलो दिन राम्रो अकुपेन्सी पाएको थियो ।

सुरुदेखि नै कलाकार हल भिजिटमा ब्यस्त छन् । दर्शकसँग साक्षात्कार गर्ने र प्रतिक्रिया बुझ्ने कार्यमा कलाकार शुक्रबार पनि दिनभर ब्यस्त रहे । सप्ताहन्तसम्मै ‘कास्ट एण्ड क्रू’ हल भिजिटमा ब्यस्त हुने जनाइएको छ ।

दर्शकले पनि हल भिजिटमा पुगेका कलाकारसँग सेल्फी खिच्नुका साथै चर्चित ‘फेरि जालमा’ गीतमा नृत्य समेत गरेका छन् । फिल्मको कथावस्तु, सन्देश र प्रस्तुतिकरणप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

दर्शकको प्रतिक्रिया बुझेपछि निर्देशक निरोज महर्जनले फिल्मबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । ‘मैले जो सोचेर फिल्म बनाएको थिएँ । त्यसमा दर्शक र समीक्षकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले हौसला मिलेको छ’ उनले भने ।

अभिनेता विनय श्रेष्ठले विकेन्डमा पनि फिल्मले दर्शकको साथ पाउने आशा व्यक्त गरे । सुरुवाती दुई दिन वार्मअप भएको भन्दै उनले शुक्रबार र शनिबार पनि दर्शक आउने प्रक्षेपण गरे ।

अभिनेता हरिया अर्थात् कामेश्वर चौरासियाले दर्शक क्रमिकरुपमा हलमा पुग्ने बताए । ‘दर्शक विभिन्न कारणले हलमा पुग्न सक्नुभएको छैन’ उनले भने, ‘दर्शक बढ्नुहुन्छ भन्ने आशामा छु । धेरै दर्शक हल आउन खोज्दै हुनुहुन्छ होला, केही आइसक्नुभयो होला । केही दर्शकले वर्डअफ माउथको प्रतिक्रिया बुझ्दै हुनुहुन्छ होला ।’

अभिनेत्री सुपुष्पा भट्टले दर्शकबाट आफ्नो भूमिकालाई राम्रो प्रतिक्रिया मिलेकोमा खुसी देखिइन् । अघिल्ला फिल्मको तुलनामा यसमा आफ्नो अभिनयमा सुधार आएको प्रतिक्रिया दर्शकबाट मिलेको उनले बताइन् । ‘समग्र सिनेमालाई नै दर्शकले राम्रो प्रतिक्रिया मिलेको छ’ विस्तारै दर्शकको साथ मिल्दै जाने बताउँदै उनले भनिन् ।

फिल्ममा नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।

सुशन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ ।

सिनेमा आट्र्स र भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनकविक्रम कडेल निर्माता र कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?