+
+
Shares

विकास निर्माणमा कांग्रेससँग अन्य दलको तुलना हुन सक्दैन : प्रकाशशरण महत

राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले कांग्रेसको अगुवाइमा देशले स्थिरता र आर्थिक प्रगति हासिल गर्ने दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १९:१०

१६ फागुन, नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सत्तारूढ गठबन्धन नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्रकै कारण बनेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महतले यस्तो बताएका हुन् ।

कांग्रेस–एमाले गठबन्धनको सरकारले देश र जनतालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।

राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले कांग्रेसको अगुवाइमा देशले स्थिरता र आर्थिक प्रगति हासिल गर्ने दाबी गरे ।

उनले कांग्रेस नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?