+

च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डको खराब प्रदर्शनसँगै बट्लरले छाडे कप्तानी

२०८१ फागुन  १६ गते १९:४३ २०८१ फागुन १६ गते १९:४३
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डको खराब प्रदर्शनसँगै बट्लरले छाडे कप्तानी

१६ फागुन, काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान जस बट्लरले लिमिटेड ओभर क्रिकेटको कप्तानी छाडेको घोषणा गरेका छन् ।

जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि बट्लरले कप्तानी छाडेको बीबीसीले जनाएको छ ।

शनिबार हुने दक्षिण अफ्रिकासँगको खेल उनका लागि कप्तानका रूपमा अन्तिम खेल हुनेछ । ‘मेले कप्तानी छाड्न चाहन्छु, यो मेरो लागि र टिमका लागि नै सही निर्णय हो’ उनले भनेका छन् ।

आठ टिम सम्मिलित च्याम्पियन्स ट्रफीको समूह बी मा रहेको इंग्ल्याण्ड अस्ट्रेलिया र अफगानिस्तानसँग पराजित हुँदै एक खेलअगावै बाहिरिसकेको छ ।

समूह बी मा शुक्रबार अस्ट्रेलिया र अफगानिस्तानबीचको खेल चलिरहेको छ ।

जस बट्लर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय