१६ फागुन, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा काठमाडौं जिल्लाको टिमले विशाल योगफलसहित फराकिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा काठमाडौंले भक्तपुरलाई २६१ रनको विशाल अन्तरले हराएको हो । काठमाडौंले दिएको ४३१ रनको विशाल लक्ष्य पछ्याएको भक्तपुरले २८.४ ओभरमा अलआउट हुँदै १६९ रन मात्र बनायो ।
त्यसअघि काठमाडौंले बनाएको ४३० रनको विशाल योगफलमा दुई खेलाडीको विस्फोटक शतक सामेल थियो । काठमाडौंका लागि इशान पाण्डेले ११० बलमा १७३ रन तथा रित गौतमले १२५ बलमा १३४ रन बनाएका थिए । उत्तम थापामगरले ४२ रन जोडे ।
काठमाडौं जिल्लाको यो लगातार दोस्रो जित हो । यसअघि काठमाडौंले त्रिविको टिमविरूद्ध पनि ४०० भन्दा बढीको योगफल बनाएको थियो ।
प्रतिक्रिया 4