+
+
Shares

धादिङमा बागमती प्रदेश स्तरीय साहित्य सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते २०:०७

१६ फागुन, हेटौंडा । धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उद्घाटन गरे ।

प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिकाको सहआयोजनामा स्थानीय स्तरमा सामाजिक संघसंस्थाहरूको सहजीकरणमा दुई दिने प्रदेश स्तरीय साहित्य महोत्सव सुरु भएको हो ।

शुक्रबार धादिङबेसीमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले साहित्य मानव समाजको ऐना भएको बताउँदै न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा पनि रहेको बताए ।

देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गरे ।

मानव मानवबीचका द्वन्द्व घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्त्वपूर्ण विधा साहित्य रहेको उनको भनाइ छ ।

साहित्य मानव मस्तिष्कको उपजको रूपमा लेखनमात्र नभएर भावना, संवेदनासमेत भएको उनले बताए ।

कला र साहित्य मौन रहेर होइन, बोलचाल र प्रस्तुतिमा हुनुपर्ने बताउँदै इतिहासका कालखण्डमा साहित्यको योगदानलाई बिर्सनु नहुने देवकोटाले स्पष्ट पारे ।

राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी वा निरंकुशता विरुद्ध आन्दोलनमा साहित्यिक कलमले चेतना, जागरुकता र आन्दोलनको आँधीबेहरी सृजना गरेको उनले समरण गरे ।

कार्यक्रममा संघीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साहित्यले सम्राटहरूलाई समेत नाङ्‍गो पार्ने शक्ति हुने बताए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दहाल लगायतले भाषा, साहित्य कला, संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले विधागत रूपमा सघाउनु पर्नेमा जोड दिए ।

महोत्सव शनिबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?