+
+
Shares

यूएन युथ सम्मेलनमा सोबिता- जलवायु मुद्दालाई रास्वपाले केन्द्रमा राखेको छ, अरूले छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते २०:१९

१६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालका राजनीतिक दलहरूले बहसको सीमितता तोकिदिँदा जलवायु मुद्दामा संवाद गर्न गाह्रो हुने गरेको गुनासो गरेकी छिन् ।

उनले आफू नेतृत्व पार्टीले भने वातावरणीय विषयलाई केन्द्रमा राखेको जिकिर गर्दै अन्य पार्टीको हकमा यस्तो हुन नसकेको जिकिर गरिन् ।

थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको यूएन युथ सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

गत मंगलबार बैंकक पुगेकी सांसद गौतम आज (शुक्रबार) नेपाल फर्कंदैछिन् ।

सो क्रममा बैंककमा रहँदा आयोजना गरिएको उक्त सम्मेलनमा उनलाई जलवायु क्षेत्रमा युवा सहभागीता, युवा नेताका रुपमा आफूले सामना गर्नुपरेका चुनौती, वातावरणीय मुद्दा लगायतका विषयमा प्रश्न गरिएको थियो ।

जवाफको क्रममा सांसद गौतमले भनेकी छिन्, ‘राजनीतिक दलहरूले बहसको सीमितता तोकिदिन्छन्, जसले गर्दा जलवायु मुद्दामा खुला संवाद गर्न गाह्रो हुन्छ । मेरो पार्टीले वातावरणीय विषयलाई केन्द्रमै राखेको छ तर अन्य पार्टीको हकमा यसो हुन सकेको छैन ।’

जसकारण जलवायु नीति सुधारका लागि गहिरो छलफल गर्न नसकिने उनले बताइन् ।

‘सबैभन्दा पहिले, जलवायु सुशासनमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने क्रममा मैले सामना गरेको प्रमुख चुनौती भनेको वातावरणीय विषयमा काम गर्न संसदभित्र स्वयं प्लेटफर्म निर्माण गर्न सकिएको छैन । राजनीतिमा एक पटक पाइला राखेपछि सबै कुरा राजनीतिकरण हुन्छ,’ गौतमले गुनासो गरिन् ।

जलवायु नीति निर्माणका अन्य क्षेत्रमा जस्तै त्यहाँ पनि पुराना पुस्ताको दबदबा रहेको पनि उनले बताएकी छिन् ।

‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ, तर मेरो भूमिका प्रायः कानुन संसोधनमा सीमित हुन्छ, अन्तिम निर्णय त बहुमतको हातमा नै रहन्छ,’ उनले भनिन्, ‘यसले देखाउँछ कि युवा नेताहरूको उपस्थिति भए पनि हाम्रो प्रभाव सीमित नै रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?