+

गोर्खाली रग्बी सेभेन्स : गोर्खा रग्बी, सेना, कर्णाली र सशस्त्र सेमिफाइनलमा

२०८१ फागुन  १६ गते २१:१९ २०८१ फागुन १६ गते २१:१९
गोर्खाली रग्बी सेभेन्स : गोर्खा रग्बी, सेना, कर्णाली र सशस्त्र सेमिफाइनलमा

१६ फागुन, काठमाडौं । प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन्।

भरतपुरको कृष्णपुर खेल मैदानमा शुक्रबार भएको लिग चरणको खेलपछि लुम्बिनी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश लिग चरणबाटै बाहिरिए ।

क्लबले आयोजना गरेको यो पहिलो रग्बी सेभेन्स प्रतियोगिता हो। विदेशी खेलाडीहरुको उपस्थितिले प्रतियोगिताको रौनक निकै बढेको देखिएको छ।

कुल ७ टोली बिच दुई समुहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समुह ए मा आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनलमा प्रवेश गर्‍यो । गोर्खा रग्बीले लिगको दुवै खेल जितेर समुह विजेता बनेको थियो।

गोर्खालीले गण्डकी प्रदेशलाई २२–० ले तथा कर्णाली प्रदेशलाई २२–७ स्कोरले पराजित गरेको थियो। कर्णालीले भने गण्डकी प्रदेशलाई २६–५ स्कोरले पराजित गरी समुह उपविजेता बनेको थियो।

यस्तै समुह बी मा त्रिभुवन आर्मी क्लबले लिगको तीनवटै खेल जित्दै समुह विजेता बन्न सफल भयो । टोलीले एपीएफलाई ३४–५ स्कोरले, लुम्बिनी प्रदेशलाई एकोहोरो खेलमा ४३–० ले तथा मधेश प्रदेशलाई पनि ४३–० स्कोरले पराजित गरेको थियो।

समुह उपविजेता बनेको एपीएफले भने मधेश प्रदेशलाई २४–५ ले तथा लुम्बिनी प्रदेशलाई ४५–० ले पराजित गरेर उपविजेता बन्यो। मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २४–७ ले पराजित गर्दा लुम्बिनीले भने लिगको तीनवटै खेल गुमाएको थियो।

अब शनिबार हुने सेमिफाइनलमा गोर्खाली रग्बीले एपीएफसँग र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ। शनिबार नै उपाधि भिडन्त हुनेछ।

गोर्खाली रग्बी सेभेन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय