+

अभिलाषा र सपिरको जोडी प्रेटोरिया टेनिसको सेमिफाइनलमा

२०८१ फागुन  १६ गते २१:२३ २०८१ फागुन १६ गते २१:२३
अभिलाषा र सपिरको जोडी प्रेटोरिया टेनिसको सेमिफाइनलमा

१६ फागुन, काठमाडौं । नेपालकी नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्ट र इजरायलकी सपिर कोहेनको जोडी दक्षिण अफ्रिकामा जारी डब्लु १५ प्रेटोरिया टेनिस प्रतियोगिताको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अभिलाषा र सपिरको जोडीले क्वाटरफाइनलमा अमेरिकाकी श्रीया अटुरु र भारतकी अस्मिथा इस्वारामुर्थीको जोडीलाई ६–७, ६–४ र १०–४ को सेटमा पराजित गरे ।

त्यसअघि अभिलाषा र सपिरको जोडीले दक्षिण अफ्रिकाका मिया लेह सिल्लर्स र नाद्जा वाल्टरको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा सहजै हराएका थिए ।

सेमिफाइनलमा अभिलाषा र सपिरको जोडीले जर्मनीकी भिभेन सन्दवर्ग र नेडरल्यान्ड्सकी भान प्रोपेलको सामना गर्ने अभिलाषाका पिता अजय विष्टले जनाएका छन् ।

अजयका अनुसार यो प्रतियोगिताको कूल पुरस्कार राशी १५ हजार अमेरिकी डलरको हो ।

अभिलाषा विष्ट प्रेटोरिया टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय