+

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा

२०८१ फागुन  १६ गते २२:१७ २०८१ फागुन १६ गते २२:१७
अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा

१६ फागुन, काठमाडौं । अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अगाडि बढेको हो ।

अफगान टिमले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आक्रामक सुरुवात गर्दै १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाइसकेको थियो । ट्राभिस हेड ५९ र स्टिभ स्मिथ १९ रनमा अविजित रहे । म्याट शर्ट २० रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । सेडिकुल्लाह अटलले सर्वाधिक ८५ रन बनाए । अजमतुल्लाह ओमरजाइले शानदार फिनिसिङ गर्दै ६७ रन बनाए ।

अस्ट्रेलियाका लागि बेन ड्वारसुइसले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । स्पेन्सर जोनसन र एडम जाम्पाले २-२ विकेट लिँदा नेथन एलिस र ग्लेन म्याक्सवेलले १-१ विकेट लिए ।

अस्ट्रेलियाले सन् २००९ मा उपाधि जितेदेखि यता २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेको थिएन । पछिल्लोपटक त्यही २००९ को संस्करणमा सेमिफाइनल खेलको अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो ।

यसपटक अस्ट्रेलियाको टोलीमा केही मुख्य खेलाडी नभएपनि उपाधि दाबेदारकै रुपमा रहेको छ । अब समूह बी बाट अफगानिस्तानको झिनो गणितिय सम्भावना बाँकी नै रहँदा शनिबार हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेलपछि समीकरण पूरा हुनेछ ।

दक्षिण अफ्रिका विजयी भएमा समूहविजेता बन्नेछ भने इंग्ल्याण्डले सामान्य जित निकाल्दा पनि दक्षिण अफ्रिका नै सेमिफाइनलमा पुग्नेछ । इंग्ल्याण्डले निकै भारी अन्तरको जित निकाले मात्र अफगानिस्तानको सम्भावना रहन्छ ।

समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय