+

शुश्रुत दाहाल कोशी प्रदेश चेस च्याम्पियन

२०८१ फागुन  १६ गते २२:४८ २०८१ फागुन १६ गते २२:४८
शुश्रुत दाहाल कोशी प्रदेश चेस च्याम्पियन

१६ फागुन, काठमाडौं । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोडेर च्याम्पियन बनेका छन्।

शुक्रबार सम्पन्न आठ चरणको खेलवाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिँदै शीर्ष स्थानमा रहन सफल रहे। प्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोस्रो स्थानमा रहे।

विराटनगरमा सञ्चालित कडा स्पर्धामा समान ६.५ अंक बनाई १९३२ रेटेड प्रकाशचन्द्र नेपाल बुकोल्ज्स् ३८ प्वाइन्ट बोकेर तेस्रो स्थान प्राप्त गरेका छन्।

झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा ६.५ अंक बनाई १९२२ रेटेड रिसोन थापा ३७.५ प्रोग्रेसिभ प्वाइन्ट सहित चौथो भएका छन् १९८२ रेटेड राजन सुवेदी पाँचौ स्थानमा रहन सफल बनेका छन्।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेल मार्फत प्रथम हुने शुश्रुतले नगद रु.५० हजार, दोश्रो हुने धिरेनले नगद रु. २५ हजार, तेस्रो हुने प्रकाशले नगद रु. १५ हजार, चौथो हुने रिसोनले नगद रु. १० हजार हात पारेका छन्।

यसैगरी पूर्व नेपाल च्याम्पियन राजन सुवेदी, ६ अंक जोडेर विश्वबिजय धिमिरे छैटौं, ५.५ अंकमा हिमाल राई सातौं, राजेन्द्र राई आठौं, मिशन दहाल नवौं र चुडामणी कुलुङ राई दशौं स्थान ओगट्दै समान नगद रु. ५ – ५ हजार पुरस्कार प्राप्त गरेका छन्।

यसैगरी २९ जना खेलाडीले विभिन्न विधामा पुरस्कार ग्रहण गरेका छन्। जसमा उत्कृष्ट महिला प्रथम शान्ति धिमाल, शुशिला गुरुङ द्वितीय र कृतिसारा अधिकारी तेस्रो बन्न सफल भएका छन्।

उत्कृष्ट सिनियर खेलाडी तर्फ वसन्त लामा प्रथम र मढीराज डाँगी द्वितीय भएका छन्। यस्तै अनरेटेड तर्फ कुशल भण्डारी पहिलो र इकेश नेपाल दोश्रो भएका छन्।

बिलो १८ सय रेटेडमा महेन्द्र कुमार साम्फाहाम्बे प्रथम र बलबहादुर तामाङ द्वितीय, युथ १६ आयाम श्रेष्ठ र अग्रिम खड्का, युथ १४ श्रीयश चौलागाईं, महेश दवाडी र युथ १२ वर्ष प्रविशा दवाडी, सम्बत खतिवडा गरि सबै विजेताले नगद रु. २ लाख १ हजार पुरस्कार बाँडेर लिएका छन्।

कोशी खेलकुद महोत्सव बुद्धिचाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय