+
+
Shares

‘स्थानीय, प्रदेश र संघीय तहमा महिलाको नेतृत्व जरूरी छ’

धनगढीका महिलाले मनाए अन्तर्राष्ट्रिय नारी दिवस

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते १३:५६

२४ फागुन, धनगढी। अबका महिलाहरू स्थानीय तह, प्रदेश र संघीय सरकार तथा प्रशासनिक क्षेत्रको नेतृत्व गर्नुपर्ने सरोकारवालाहरू महिलाहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर कैलालीको धनगढीमा शनिवारीय महिला उद्यम मेलामा बोल्दै उनीहरूले अबको नेतृत्व महिलाहरूको हातमा हुनुपर्ने भन्दै जोड दिएका हुन् ।

मेलाको सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाकी नगर उप-प्रमुख कन्दकला कुमारी राना थारूले महिलाहरु संर्षको लडाइँ जारी रहेको बताइन् । उनले भनिन्, ‘ स्थानीय तह, प्रदेश र संघमा महिलाको नेतृत्व आवश्यक छ । यसका लागि महिलाहरूको संघर्षको लडाइँमा जारी छ।’

समाजिक बन्धन मात्रै नभई महिलाहरूको आर्थिक पक्ष बलियो हुनुपर्ने उनको भनाइ छ । यसका लागि महिलाहरूमा क्षमता अभिवृद्धि, सीप विकासलगायतका नेतृत्व विकासका तालिमहरू लिन जरूरी रहेको उनले बताइन् ।

‘स्थानीय तह, प्रदेश र संघमा महिलाको नेतृत्व आवश्यक छ । यसका लागि महिलाहरूको संघर्षको लडाइँमा जारी छ।’ कन्दकला कुमारी राना थारू,उप-प्रमुख, धनगढी उपमहानगरपालिका

उनले भनिन, ‘महिलाको आर्थिक पक्ष मात्र होइन। क्षमता अभिवृद्धि, महिलाको सबै पक्ष सशक्त बनाउदैछौ। महिलाहरूले खाजाका परिकारहरू बिक्री गर्दै छन्। सुदूरपश्चिमका स्थानीय परिकारहरू बिक्री हुँदैछन्।’

यस्तै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले महिलाको उत्थान र सक्षमताका लागि शनिवारीय उद्यम मेला उपर्युक्त माध्यम हुने बताइन् ।

महिलाको पेसागत सुदृढीकरण गरिनु अति आवश्यक रहेको उनको भनाइ छ । प्रदेशका अन्य स्थानीय तहहरूले पनि धनगढीबाट सिको गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘ पेसागत सुदृढीकरण गरिनु महिलाका लागि अति जरूरी छ।’

धनगढी उपमहानगरपालिकाले आयोजना गर्दै आएको शनिवारीय महिला उद्यम मेला सञ्चालन हुँदै आएको ठाउँमा महिला दिवस मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?