+
+
Shares

रिङ्कुको घर पुगे प्रचण्ड, न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता

रासस रासस
२०८१ फागुन १७ गते ११:३३

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको घरमा पुगेर प्रचण्डले उनको परिवारलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जनतासँग माओवादी तराई- मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रका नेताहरू आज दिवङ्गत रिङ्कुको घरमा पुगेका हुन् ।

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै प्रचण्डले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए । उनी त्यसपछि घरमै मृत फेला परेकी थिइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?