+
+
Shares

चलचित्र विकास बोर्ड र प्रहरीले लागूऔषध नियन्त्रणमा हातेमालो गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते १९:००
बोर्ड अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङबीच शनिबार आयोजित समारोहमा सम्झौता भएको हो ।

काठमाडौँ । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथाममा सहकार्य गर्ने भएका छन् । सोमबार यी दुई सरकारी निकायबीच द्विपक्षीय सम्झौता भएको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा भृकुटीमण्डपस्थित पुलिस क्लबको हलमा शनिबार आयोजित समारोहमा सम्झौता भएको हो ।

समारोहमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि उपस्थित थिए । सम्झौताअनुसार दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र युवालार्ई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य लिएका छन् ।

फिल्मको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे चेतना फैलाउने योजना राखिएको छ । लागूऔषध प्रयोग तथा दुव्र्यसनलाई बढावा दिने खालका फिल्म, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गर्ने सहमतिमा उल्लेख छ ।

दुव्र्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक फिल्म र भिडियो सामग्री निर्माण गर्ने, सिनेमा हलमा प्रदर्शन गर्ने, विद्यालय र विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, समुदायमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गर्ने उल्लेख छ ।

स्रोत व्यक्ति परिचालन गरि थप रणनीति तय गरिने पनि बताइएको छ । अध्यक्ष डीसीले लागूऔषधविरुद्धको अभियान लगायत समाज परिवर्तनको कुराहरुलाई सशक्त रूपमा अघि बढाउन चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?