+
+
Shares

मोहनालाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार

मानवअधिकारवादी तथा महिला सशक्तीकरणमा योगदान पुर्‍याएकाले अभियन्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १७ गते २०:४४

१७ फागुन, काठमाडौं । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अन्सारीलाई ५० हजार रुपैयाँ नगद राशीसहित कदरपत्रले सम्मान गरिएको हो । अन्सारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गरे ।

गोरखामा बिसं १९६३ सालमा जन्मिभएका शिक्षासेवी, इतिहास विज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल तथा उनकी धर्मपत्नी नन्दकुमारीका नाममा स्थापित संस्थाले स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पुर्‍याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ ।

२०६२ मा दण्डपाणि–नन्दकुमारी अर्ज्यालका छोराहरूको सक्रियतामा संस्था स्थापना भएको हो । अहिलेसम्म इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार द्वय तुलसीराम वैद्य र दिनेशराज पन्त सम्मानित भइसकेका छन् ।

यस्तै, संस्थाले साहित्यकार डा. मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा.डा. सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ लगायत व्यक्तित्वलाई सम्मान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?