
१८ फागुन, काठमाडौं । कुनै समयको निकै चर्चित गीत ‘कालो केशमा रेलीमै, बाँधेको रिबन…’ का रचनाकार तथा गायक दिनेश ढकालले ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ नामक सांगीतिक ब्याण्ड सार्वजनिक गरेका छन् ।
झन्डै तीन वर्षअघि रिलिज भएको यस गीतलाई युटुबमा हालसम्म २ करोड भन्दा बढी पटक हेरिएको छ । हरेक नेपालीमाझ गुन्जिएको यस गीतले सांगीतिक दुनियाको शिखर चुमे पनि यस गीतका रचनाकार तथा गायक दिनेश ढकाल भने दर्शक-श्रोता माझ पुगेका थिएनन् ।
यस गित पश्चात पनि निकै राम्रा गीत संगीत ल्याएका गायक दिनेश अहिले नयाँ सांगीतिक ऊर्जा सहित ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ ब्याण्ड लिएर आएका हुन् |
लोक विधाका संगीतहरु प्रस्तुत गर्ने गायक ढकालले अब आफ्नो ब्याण्डले नेपाली मौलिक तथा लोक संगीतको मर्मलाई जीवन्त राख्दै आम नेपाली दर्शक तथा श्रोताहरु माझ केही नयाँ शैलीमा नेपाली संगीतहरु पस्कने बताउछन् ।
६ जना संगीतकर्मीहरू रहेको ब्याण्डमा निकै चर्चित तथा अनुभवी म्युजिसियनहरू रहेका छन् । जसमा कोक स्टुडियोमा समेत सारंगी बजाएका अनिल गन्धर्व
पनि ब्याण्डमा जोडिएका छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांगीतिक मञ्चहरुमा आफ्नो प्रस्तुति दिइसकेका गन्धर्वले यस ब्याण्डमा जोडिन पाउँदा आफुमा एक विशेष सांगीतिक ऊर्जा थपिएको बताउँछन् ।
त्यस्तै ब्याण्डमा निकै अनुभवी म्युजिसियनहरू : गितारमा दुर्गा क्षेत्री, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ लगायतका म्युजिसियहरु रहेका छन् ।
ब्याण्डले आफ्नो पहिलो आधिकारिक सांगीतिक प्रस्तुति यहि फागुन २३ गते पद्मश्री कलेजद्वारा आयोजित म्युजिक फेस्टिभलमा दिने बताएको छ ।
त्यस्तै ब्यान्ड छिट्टै नेपाल सांगीतिक टुरको तयारीमा समेत लागेको ब्याण्डका संगीतकर्मीद्वय अनिल गन्धर्व र दिनेश ढकालले बताए ।
प्रतिक्रिया 4