१८ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी इंग्लिस एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्लाइमाउथ अर्गाइललाई ३-१ ले हराउँदै सिटी अन्तिम आठमा प्रवेश गरेको हो ।
सिटीको जितमा निको ओरिलीले २ तथा एर्लिङ हालान्डले एक गोल गरे । प्लाइमाउथका माक्सिम तालोभिरोभले १ गोल गरे ।
खेलको ३८औं मिनेटमा तालोभिरोभले गोल गर्दै प्लाइमाउथलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा ओरिलीले गोल गरेपछि पहिलो हाफमै सिटीले खेल बराबरी गर्यो ।
त्यसपछि दोस्रो हाफको ७४औं मिनेटमा ओरिलीले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अगाडि ल्याए । ९०औं मिनेटमा हालान्डले गोल गरेपछि सिटी ३-१ ले विजयी भयो ।
यसअघी लिभरपुललाई नकआउट गराएर आएको बी डिभिजन क्लब प्लाइमाउथले सिटीविरूद्ध अग्रता लिएपनि जोगाउन भने सकेन ।
गएराति नै भएका अन्य खेलमा बर्नमाउथले वुल्भ्सलाई सडन डेथमा हराउँदा क्रिस्टल प्यालेसले मिलवाललाई ३-१, एस्टन भिल्लाले कार्डिफलाई २-० तथा प्रेस्टनले बर्नलीलाई ३-० ले हराए ।
प्रतिक्रिया 4