+

प्रथम सैनामैना गोल्डकपको तयारी पूरा

२०८१ फागुन  १८ गते ८:१० २०८१ फागुन १८ गते ८:१०
प्रथम सैनामैना गोल्डकपको तयारी पूरा

१८ फागुन,बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम सैनामैना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षकत्व र मुर्गिया फुटबल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सैनामैना फुटबल रंगशाला मुर्गियामा प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

रुपन्देहीमा तिलोत्तमा गोल्डकप पछिको दोस्रो ठूलो यो प्रतियोगितामा नेपालका दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा भारत सिक्किमको दि जोङग्री क्लबसहित १० टिमले भाग लिएका आयोजक क्लबका अध्यक्ष प्रविन भारीले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ७ लाख रुपैयाँ, उपविजेता टिमले नगद ४ लाख रुपैयाँ तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लब, काठमाडौंको महावीर क्लब, नवलपुर रजहरको अभिषेक चर्च,चितवनको हनामी बिएफसी, कपिलवस्तु ११, गोर्खा ब्वाइज बुटवल र फर्साटिकर युथ क्लब रुपन्देहीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

सुनगाभा पब्लिक स्कुलको ७ लाख रुपैयां मुख्य प्रायोजनमा हुने प्रतियोगिताका लागि सैनामैना नगरपालिकाबाट ५ लाख रुपैया तथा खेलमैदान मर्मतका लागि थप ५ लाख रुपैया सहयोग भएको उनले बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाको स्वीकृतिमा प्राविधिक सहयोग उपलब्ध रहेको गोल्डकपमा एउटा टिममा ५ जनासम्म विदेशी खेलाडी राख्न सकिने नियम बनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने अनुमान छ ।

पत्रकार सम्मेलनमा सैनामैना नगरपालिका वडा नं ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारीले सैनामैनामा पहिलोपटक आयोजना हुने गोल्डकपले स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धन समेत हुने बताए ।

गोल्डकप सैनामैना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय