+
+
Shares

बैतडीमा गोली हानेर युवकको हत्या

लेनदेन विवादमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते ८:३६
फाइल फोटो

१८ फागुन, धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताए ।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?