+
+
Shares

मूल्य १ हजारभन्दा बढी रहेको स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते ९:०२

१८ फागुन, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आजदेखि आवेदन खुलेको छ ।

अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।

पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २७ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?