१८ फागुन, काठमाडौं । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको कभर्डहलमा तेक्वान्दो आइटिएफ नेपालले आयोजना गरेको पाँचौ एभरेष्ट खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिएनसिप २०२५ सम्पन्न भएको छ ।
फागुन १६ र १७ गते नेपाल, भारत, मलेसिया र चीनका खेलाडीहरू तथा अफिसियलहरू लगायत नेपालका विभिन्न जिल्लाहरुबाट समेत गरी करिब ३५० जना खेलाडीहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो । डब्लु टी तथा आइटिएफका प्याट्रन, पुम्से, ग्योरोगी तथा स्पाइरिङ्ग तर्फ गरी ९२ विधाको प्रतियोगिताहरु सम्पन्न भएका थिए ।
प्रतियोगितामा विश्व तेक्वान्दो, अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेशनको सहभागिता रहेको थियो । विश्व तेक्वान्दो र अर्न्ताष्ट्रिय तेक्वान्दो फेडेरेशन एकै परिवारका सदस्य हौं भन्ने भावना राखेर दुवै तेक्वान्दोबीच भाइचारा र आपसी सदभाव बढाउने उद्देश्यले यसखालको प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगितालाई आगामी दिनमा अझै वृहत् ढंगबाट अगाडि बढाउने लक्ष्य रहेको प्रतियोगिताका निर्देशक तथा अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेशन नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले बताए ।
प्रतियोगितामा आइटिएफतर्फ स्वर्ण ६७, कास्य ६७ र रजत पदक १३४ रहेका थिए । त्यसमध्ये नेपालले ४७ स्वर्ण, मलेसियाले १७ स्वर्ण, चीनले २ स्वर्ण र भारतले १ र्स्वण जितेका थिए ।
उक्त प्रतियोगितामा नेपालका पुरूषतर्फ शुभम लम्साल र महिलातर्फ र मलेसियाकी अफज्या फरा नादिन उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसै गरी डब्लु टी तर्फ २५ विधा सम्पन्न भएकोमा भारतले २ स्वर्ण १ रजत हात पारेको थियो भने बाँकी पदकहरु सबैमा नेपाल हावी भएको थियो ।
प्रतिक्रिया 4