+
+
Shares

सहकारी पीडितले कहिले न्याय पाउँछन् सरकार ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १२:५४

१८ फागुन, काठमाडौं। नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सनाले सहकारी पीडितले न्याय पाउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेकी छन् ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले सहकारी पीडितलाई न्याय दिन सरकारले नै अग्रसरता नलिएको आरोप लगाइन् ।

‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ । थोरै थोरै रकम जम्मा गरेर आवश्यक पर्दा गर्जो टार्न पाइएला भनेर सोचका ती वृद्ध आमा बुबा, दिदी बहिनी दाजुभाइहरूले जम्मा गरेको रकम सहकारीले एकपछि अर्को गर्दै तहननहस बनाएको छ’ उनले आरोप लगाइन् ।

सहकारी पीडकहरू ठूला राजनीतिक दलमै रहेको पनि उनले बताइन् । ‘आफ्नो आफ्नो ठाउँमा आफ्ना कार्यकर्तालाई संरक्षण गर्न नसक्दा विभिन्न दलका नेता/कार्यकर्ताहरू नै सहकारीमा मुछिएको छ’ उनले भनिन् । यस्तोमा सरकारको अग्रसरता आवश्यक रहेको उनले बताइन् ।

सरकारलाई सांसद तिमिल्सनाको प्रश्न छ, ‘सहकारी पीडितहरूलाई कहिले न्याय दिने ? सहकारी पीडितले कहिले न्याय पाउँछन् सरकार ?’

आफ्नो प्रश्नमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?