+
+
Shares

मुगुको कर्मारोङमा तामाखानी पुनः सञ्चालनको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १३:०४

१८ फागुन, काठमाडौं। नेपाली कांग्रेसकी सांसद दुर्गा कुमारी गुरुङले मुगुको तामाखानी पुनः सञ्चालन गर्न माग गरेकी छन् । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेकी हुन् ।

उनका अनुसार मुगु जिल्लाको मुगु कर्मारोङ वडा नम्बर १ अन्तर्गत तीन वटा ठाउँमा तामाखानी छ ।

पालाङजे, इटिङ र ध्वङवाङमा धेरै पहिलेदेखि स्थानीयहरूले तामाखानीबाट तामाको कच्चा पदार्थ उत्खनन् गरी प्रशोधन पश्चात विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालमा विभिन्न ठाउँमा विक्री वितरण गर्दै आएका थिए ।

तर, २०२४ सालदेखि तत्कालीन सरकारको आदेशमा त्यस क्षेत्रमा उत्खनन् कार्य रोकिएको छ ।

‘… पुनः वैज्ञानिक ढंगबाट अध्ययन अनुसन्धान गरी उक्त तामा खानी सञ्चालनका लागि अध्यक्षज्यु मार्फत नेपाल सरकारसँग माग गर्दछु ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?