+
+
Shares
अस्कर अवार्ड २०२५ :

अस्कर अवार्ड २०२५ : ‘अनोरा’ सर्वोत्कृष्ट फिल्म बन्नसक्ने प्रक्षेपण

उत्कृष्ट फिल्मको विधामा १० वटाबीच प्रतिस्पर्धा छ । भेराइटी र हलिउड रिपोर्टरले ‘अनोरा’ले उत्कृष्ट फिल्मको विधा जित्न सक्ने प्रक्षेपण गरेका छन् । ‘अनोरा’बाटै सिन बेकरले सर्वोकृष्ट निर्देशकको अवार्ड जित्ने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १३:०३

काठमाडौं । ९७ औं अस्कर अवार्ड नेपाली समयानुसार सोमबार बिहान ५ः४५ बजेदेखि अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा हुँदैछ । गतवर्ष प्रदर्शनमा आएका फिल्मलाई पुरस्कृत गरिने यसवर्षको अस्करलाई कोनन ओ ब्रायनले होस्ट गर्नेछन् ।

एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले आयोजना गर्ने यसवर्षको अवार्डमा ‘एमिलिया पेरेज’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ । ‘द ब्रुटालिस्ट’ र ‘विक्ड’ समान १०/१० विधामा मनोनित छन् ।

‘कम्प्लिट अननन्’ र ‘कन्क्लेभ’ ८८ विधामा मनोनित हुँदा ‘अनोरा’ ६ विधामा मनोनित छ । अवार्ड आयोजनाको समय नजिकिएसँगै अन्तर्राष्ट्रिय संचारमाध्यमले सम्भावित विजेताको अनुमान थालेका छन् ।

उत्कृष्ट फिल्मको विधामा १० वटाबीच प्रतिस्पर्धा छ । भेराइटी र हलिउड रिपोर्टरले ‘अनोरा’ले उत्कृष्ट फिल्मको विधा जित्न सक्ने प्रक्षेपण गरेका छन् । ‘अनोरा’बाटै सिन बेकरले सर्वोकृष्ट निर्देशकको अवार्ड जित्ने अनुमान गरिएको छ ।

सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘द ब्रुटालिस्ट’बाट एड्रियन ब्रोडीले जित्न सक्ने प्रक्षेपण छ । यो विधामा ‘अ कम्प्लिट अननन्’ अभिनेता तिमोथी चालमेटलाई समेत बलिया दाबेदारको रुपमा हेरिएको छ ।

सर्वोत्कृष्ट अभिनेत्री विधामा ‘द सब्सटेन्स’बाट डेमी मूरले अवार्ड जित्ने अनुमान छ । सहायक अभिनेता विधामा किरन कल्किनले ‘अ रियल पेन’ फिल्मबाट ट्रफी उचाल्न सक्नेछन् । सहायक अभिनेत्री विधामा ‘कन्क्लेभ’बाट इसाबेला रोसेलिनीले अवार्ड जित्ने चर्चा भैरहेको छ ।

मौलिक पटकथा विधामा ‘अ रियल पेन’, एडप्टेड स्क्रिनप्ले’मा ‘कन्क्लेभ’, एनिमेटेड फिचर विधामा ‘द वाइल्ड रोबोट’, प्रोडक्सन डिजाइनमा युुनिभर्सलको ‘विक्ड’ले जित्ने प्रक्षेपण छ ।

‘द ब्रुटालिस्ट’ले सर्वोत्कृष्ट छायांकन विधामा जित्ने अनुमान छ । कस्ट्युम डिजाइनमा ‘विक्ड’, फिल्म एडिटिङमा ‘कन्क्लेभ’, मेकअप एण्ड हेयरस्टाइलिङमा ‘सब्सटेन्स’, साउण्ड र भिजुअल इफेक्ट विधामा ‘ड्युन : पार्ट २’ले जित्न सक्ने अनुमान छ ।

ओर्जिनल स्कोरमा ‘द ब्रुटालिस्ट’, डकुमेन्ट्री फिचरमा ‘पोर्सिलेन वार’, अन्तर्राष्ट्रिय फिचर विधामा ब्राजिलको ‘आइएम स्टिल हेअर’ले जित्न सक्ने प्रक्षेपण गरिएको छ । यसवर्ष पनि कूल २३ विधामा अस्कर अवार्ड वितरण हुनेछ ।

नेपालबाट यसवर्ष अन्तर्राष्ट्रिय फिचर विधामा ‘साम्भाला’ सिफारिस भएको थियो तर छनोट हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?