+

इटालीका लेजेण्डरी गोलकिपर बुफोन नेपाल आइपुगे

२०८१ फागुन  १८ गते १३:१२ २०८१ फागुन १८ गते १३:१२
इटालीका लेजेण्डरी गोलकिपर बुफोन नेपाल आइपुगे

१८ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन नेपाल आइपुगेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

उनी आइतबार नेपाल आइपुगेको आयोजक राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीले बताए । केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालमा हुनेछ ।

उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

जियालुजी बुफोन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय