
काठमाडौं । दयाहाङ राई, विजय बरालको शीर्ष भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आइतबारदेखि सुरु भएको छ । छायांकनअघि बुढानिलकण्ठ मन्दिरमा शुभसाइत पूजा गरियो ।
दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।
तिहारको लक्ष्मीपूजा अवसरमा कात्तिक ३ गते प्रदर्शन लक्ष्य छ । फिल्ममा समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, मओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय हुनेछ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन हुनेछ । सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन चितवन र हेटौंडामा हुनेछ । मानकृष्ण महर्जनले फिल्म खिच्नेछन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन कोरियोग्राफी, प्रदीप लामाको नृत्य निर्देशन रहनेछ । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसले फिल्म निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया 4