
१८ फागुन, काठमाडौं। ललितपुर धोबीघाटस्थित डीएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा सञ्चालित प्रथम डीएभी फ्रेन्डली फुटसल टुर्नामेन्टको उपाधि हिमालय कलेजले प्राप्त गरेको छ ।
डीएभी कलेज परिसरमा १० फागुनमा सम्पन्न टुर्नामेन्टमा काठमाडौं उपत्यकाका ४ बीएससी सीएसआईटी कलेजका विद्यार्थी समूह सहभागी थियो ।
प्रथम डीएभी फ्रेन्डली फुटसल टुर्नामेन्टमा सहभागी महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डीएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले उपाधि हात पारेको हो ।
पुरस्कार वितरण समारोहमा सहभागी कलेजका सम्पूर्ण खेलाडीको प्रतिभा र रुचि कदर गर्दै प्रमाणपत्रद्वारा समेत सम्मान गरिएको थियो ।
डीएभी बीएससीएसआईटीका प्रमुख शशिभूषण चतुर्वेदीका अनुसार टुर्नामेन्टको मुख्य उद्देश्य सीएसआईटी कलेजबीच मित्रता र सहकार्य प्रर्वद्धन गर्नु रहेको थियो ।
फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि काठमाडौं उपत्यकाका सम्पूर्ण बीएससीसीएसआईटी कलेजहरूलाई समेट्ने योजना रहेको डीएभीले जनाएको छ ।
प्रतिक्रिया 4