+
+
Shares
हलिउड :

स्टेजमै गायिकालाई चुम्बन प्रयासपछि विल स्मिथ विवादमा

सन् २०२२ को अस्कर अवार्ड समारोहमा पनि क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको कपाललाई लिएर मजाक उडाएपछि क्रोधित स्मिथले स्टेजमा उक्लिएर थप्पड हाने । यसपछि ओस्करले विललाई १० वर्ष प्रतिबन्ध पनि लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १३:४४

काठमाडौं । हलिउड अभिनेता, र्‍यापर तथा फिल्म निर्माता विल स्मिथ फेरि एकपटक विवादमा परेका छन् । उनको एक भिडियो इन्टरनेटमा भाइरल भैरहेको छ, जसमा उनले मियामीमा आयोजित अवार्ड कार्यक्रममा पपगायिका इंडिया मार्टिनेजलाई किस गर्ने प्रयास गरिरहेका छन् ।

गीत गाउँदै गर्दा दुवैजना निकै नजिक आउँछन् । नेटिजनहरू स्मिथको यो हर्कतलाई लिएर अचम्मित छन् । अभिनेताकी पत्नी जाडा पिन्केट स्मिथका फ्यानले ट्रोल गरिरहेका छन् । यसअघि सन् २०२२ मा विलले ओस्कार अवार्ड कार्यक्रममा होस्ट क्रिस रकलाई थप्पड हानेपछि विवादमा परेका थिए ।

यो भिडियो मियामीमा आयोजित ‘प्रिमियो लो नुएस्त्रो’ अवार्ड शोको हो । स्टेजमा स्पेनी गायिका इंडिया मार्टिनेज र हलिउड अभिनेता विल स्मिथ थिए । दुबैले ‘फस्ट लभ’ गीतमाथि प्रस्तुति दिइरहेका थिए । सो क्रममा उनीहरू एकअर्काको धेरै नजिक आउँछन् । हेर्दा चुम्बन गर्न लागेको जस्तो देखिन्छ ।

भिडियो हेरेपछि विल स्मिथको आलोचना भैरहेको छ । श्रीमती जाडा पिन्केट स्मिथका फ्यानले यसलाई ‘लज्जास्पद’ भनेका छन् । एक प्रयोगकता लेख्छन्– अनुपयुक्त । चाहे त्यो ’मनोरञ्जन’ नै किन नहोस् ?’ अर्काले टिप्पणी गरेः ’यो सबै कुरा डरलाग्दो छ ।’

एकजना फयानले स्मिथकी श्रीमतीलाई उद्धृत गर्दै लेखेका छन्, ‘त्यसैले उनीहरु अलग बसिरहेका छन् । तर, अभिनेताका कतिपय फ्यानले उनी खुसी र आफ्नो जीवनमा रमाइलो रहेको बताएका छन् ।

सन् २०२२ को अस्कर अवार्ड समारोहमा पनि क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको कपाललाई लिएर मजाक उडाएपछि क्रोधित स्मिथले स्टेजमा उक्लिएर थप्पड हाने । यसपछि ओस्करले विललाई १० वर्ष प्रतिबन्ध पनि लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?