+
+
Shares

क्यालेन्डर बिनै बस्न थाल्यो राष्ट्रिय सभा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १४:४६

१८ फागुन, काठमाडौं। राष्ट्रिय सभाको बैठक क्यालेन्डर बिनै बस्न थालेको छ ।

पछिल्लो समयमा संघीय संसदमा दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा क्यालेन्डर बनाएर बस्दै आएका थिए । दुवै सदनले फागुन १५ गतेसम्मको क्यालेन्डर बनाएका थिए ।

फागुन १५ गते यताका लागि दुवै सदनले क्यालेन्डर बनाएको छैन । आइतबार राष्ट्रिय सभाको बैठक बसेको थियो । यो बैठक क्यालेन्डर बिनै बसेको हो । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि राखिएको छ । उक्त बैठकमा के हुन्छ भन्ने विषयमा सांसदहरू अनविज्ञ छन् ।

क्यालेन्डर बनाउँदा के कस्ता विषय अगाडि बढ्छन भनेर सम्भावित कार्यसूचीबारे थाहा हुन्थ्यो । क्यालेन्डर नहुँदा फागुन २२ गतेको बैठकमा के कस्ता विषय अगाडि बढ्छन् भनेर जानकारी हुन नसकेको हो ।

प्रतिनिधि सभाको बैठक यही फागुन २१ गते बस्दैछ । प्रतिनिधि सभाको पनि फागुन १५ गते यताको संसदीय क्यालेन्डर बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?