+

फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता

२०८१ फागुन  १८ गते १५:३८ २०८१ फागुन १८ गते १५:३८
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता

१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् ।

एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

मुख्य प्रशिक्षकसँग भोलि (सोमबार) अन्तरक्रिया कार्यक्रम राखिएको एन्फाले बताएको छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल नजिकिँदै जाँदा एन्फाले नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

भिनसेन्जो अल्बर्टो एनेसको बहिर्गमनपछि नेपाली फुटबल टिम मुख्य प्रशिक्षकविहीन थियो ।

विदेशी प्रशिक्षक नहुँदा नेपालले नविन न्यौपानेको प्रशिक्षणमा ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

राष्ट्रिय फुटबल टिम मुख्य प्रशिक्षकविहीन नै बनेपछि एन्फाले न्यौपानेलाई दुई खेलको लागि अन्तरिम प्रशिक्षक बनाएको थियो । त्यसयता नेपालले कुनै खेल खेलेको छैन ।

मुख्य प्रशिक्षक राष्ट्रिय पुरुष फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय