+
+
Shares

बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १६:०७

१८ फागुन, काठमाडौं । बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन प्रस्ताव राख्ने समय खुला भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको छ । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्न सक्ने समय खुला भएको हो ।

यो विधेयक तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले ६ जेठ २०८० मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको हो ।

राष्ट्रिय सभाले पारित गरेपछि यो विधेयक पुनः प्रतिनिधि सभामा फर्किन्छ । दुवै सभाबाट पारित भएपछि सभामुखले प्रमाणित गर्छन् । त्यसपछि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?