१८ फागुन, काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हिमानी कोष र पारस हस्पिटलको आयोजनामा शनिबार सो शिविर सम्पन्न भएको हो ।
समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको समेत सहकार्य रहेको सो शिविरमा ४५० जनाले सेवा लिएका थिए ।
शिविरमा मुटु, मधुमेह, थायराइड, बाल रोगको परीक्षण देखि अन्य स्वास्थ्य समस्याको पनि परामर्श तथा निःशुःल्क औषधि समेत वितरण गरिएको थियो । सेवा लिएकाहरुलाई पारस अस्पतालमा प्रयोगशालामा २५ प्रतिशत र शल्यक्रियामा ५० प्रतिशत छुट हुने सुविधा पनि रहेको आयोजकले जानकारी दिएको छ ।
शिविरमा पारस अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. सफिअर रहमान, इन्टरनल मेडिसिन डा. सैय्य वकार अहमद, नाक, कान घाँटी डा. सन्जीब कु ठाकुर, वरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ डा. फैयाज अन्सारी, म्याक्जिलो फेसियल सर्जन डा. मनोज शाह र बालरोग विशेषज्ञ डा. रमेश कु दास लगागत विशेषज्ञ टोलीको सहभागिता थियो ।
त्यस्तै, हिमानी कोष स्वयमसेवक परिवार मोरङले स्वयं सेवकको रुपमा शिविर सेवा दिएका थिए ।
प्रतिक्रिया 4