
१२ फागुन, काठमाडौं । काठमाडौंको आकाश खुलेको छ । केही दिनदेखि धुम्म देखिएको मौसम आइतबार बिहानबाट खुलेको हो ।
शनिबार बिहानैदेखि काठमाडौं लगायत देशका अधिकांश क्षेत्रमा मौसम धुम्म थियो ।
अपरान्ह काठमाडौं लगायतका केही क्षेत्रमा हल्का वर्षा पनि भएको थियो ।
वर्षापछि आइतबार बिहानैबाट भने काठमाडौं उपत्यका खुला देखिएको छ । आकाश खुलेसँगै काठमाडौं वरपरका डाँडाबाट हिमाल प्रष्ट देखिएका छन् । मनास्लु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजङ्घासमेतका हिमालको लर्कन उपत्यकाबाट देखिएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4