+
+
Shares

विशेष अदालतबाट सफाइ पाएका सिलवालको पद के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १७:२९

१८ फागुन, काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । भ्रष्टाचारको आरोपपछि निलम्बनमा परेका उनले सफाइ पाएपछि निलम्बन पनि फुकुवा हुन्छ ।

यस्तो अवस्थामा उनले फेरि बीमा प्राधिकरणको अध्यक्ष पदमा बहाल हुन पाउँछन् भनी कतिपयको जिज्ञासा छ । अर्कोतर्फ, केही दिन अघिमात्रै शरद ओझा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । त्यसैले पनि अब एउटा पदमा दुवैजनाले दाबी गर्न मिल्ने अवस्था हुन्थ्यो ।

तर, विशेष अदालतबाट सफाइ पाएका सिलवालले गत १९ माघमा आफ्नो पदावधि सकिएको बताए ।

‘२४ मंसिरमा ममाथि मुद्दा चलेको थियो, १९ माघमा चार वर्षको पदावधि पूरा भएकाले मैले अवकाश पाउथेँ,’ उनले भने, ‘अब त मेरो पदावधि नै सकिएको छ ।’

१९ माघ २०७७ मा सिलवाल बीमा समितिको अध्यक्षमा नियुक्त भएका थिए । बीमा समितिका अध्यक्षको पदावधि चार वर्षको हुन्थ्यो । बीमा समिति रुपान्तरित भएर बीमा प्राधिकरण भएपछि उनी अध्यक्ष पदमै निरन्तर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?