+
+
Shares

शेष घले नेतृत्वमा एनआरएनको निर्वाचन गराउन सरकारले तोक्यो सहजीकरण व्यक्ति

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १८:०८

१८ फागुन, काठमाडौं । गैर आवासीय नेपाली संघको अधिवेशन गराउनका लागि सरकारी सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले कर्मचारी तोकेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको छ ।

संघका पूर्व अध्यक्ष शेष घलेलाई मन्त्रालयले आइतबार पत्र लेखेर सहजकर्ता तोकेको जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरको निर्णयका आधारमा जोशीलाई तोकिएको जानकारी गराएको छ ।

सर्वोच्च अदालतले गत चैतमा संघका पूर्व अध्यक्ष घले नेतृत्वको उच्च स्तरीय समितिलाई निर्वाचन गराउने आदेश दिएको थियो ।

घले नेतृत्वमा रहेको एनआरएनएले मे ३ देखि ५ सम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने मिति तय गरेको छ । तोकिएको समयमा अधिवेशन गराउन सहजीकरण गर्ने गरी सरकारी सहजकर्ता तोकिएको परराष्ट्र मन्त्रालयले घलेलाई लेखेको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् परराष्ट्र मन्त्रालयको पत्र : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?