+
+
Shares

गहुँ खेतमा महिलाको शव, १० दिनपछि समातिए हत्या आरोपित अजय थारू

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १८:२५

१८ फागुन, काठमाडौं। रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीस्थित गहुँ खेतमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ ।

भगदरीस्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखि तलतिर गुहँ खेतमा उत्तानो परेको अवस्थामा एक महिलाको शव भेटिएको थियो । ८ फागुनको बिहान सवा ११ बजेतिर शव फेला परेपछि जिल्लाबाट डीएसपीको कमाण्डमा टोली फिल्डमा खटिएको थियो । तालिमप्राप्त कुकुर समेत परिचालन गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

लासजाँच मुचुल्का गरेर प्रहरीले उक्त शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको थियो । प्रहरी अनुसन्धानका क्रममा उक्त शव दाङको लमही नगरपालिका–७ उच्च लिम्बु बस्ने ४० वर्षीया संगीता चौधरीको रहेको खुलेको थियो ।

उनै चौधरीको हत्या आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अमिरिका भारु भनिने अजय थारू छन् ।

१६ फागुनमा पक्राउ परेका उनीविरुद्ध ज्यान कसुरमा रुपन्देही जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनले ढुंगाले हिर्काएर चौधरीको हत्या गरेको खुलेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए । प्रहरीले चौधरीलाई हिर्काएको ढुंगा, मृतकको मोबाइल समेत बरामद गरेको छ ।

मृतक चौधरी र पक्राउ परेका थारु दुबै जना सँगै मजदूरी काम गर्ने व्यक्ति रहेको खुलेको छ । मदिरा सेवन गरेर विवाद भएपछि उनले हत्या गरेका खुलेको डीएसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?