+
+
Shares

७ संकेत, कोही व्यक्ति तपाईंका लागि खास छ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १७:२८

‘साथी दुई किसिमका हुन्छन्, एउटा उखु जस्तो हुन्छ, जसलाई बटारे पनि, निचोरे पनि टोके पनि, पछारे पनि त्यसको स्वाद गुलियो हुन्छ । अर्को, चप्पल जस्तो साथी हुन्छ । साथ त दिन्छ । खुट्टामा काँडाले घोच्नबाट बचाउँछ । तर पछाडिबाट टाउकोसम्म पुग्ने गरी हिलोको छिटा छ्याप्छ ।’ चर्चित कलाकार हरिवंश आचार्य एक अन्तर्वार्तामा भनेका छन्।

साथीलाई जीवनको एउटा अभिन्न पाटो मानिन्छ । असल साथीको साथ पाउनु धेरै राम्रो कुरा हो । तर, सबै साथी असल हुन्छन् भन्ने हुँदैन । हामीले कहिलेकाहीँ यस्ता केही साथी भेट्छौँ जसले मित्रता भन्दा पनि आफ्नो स्वार्थलाई मात्रै ध्यान दिन्छन् । यस्ता साथीहरूबाट बच्नु जरुरी हुन्छ । तर, यदि साथीमा निम्न ७ गुणहरू छन् भने सम्झिनुहोस् ऊ तपाईंको सच्चा मित्र हो ।

१. हरेक परिस्थितमा साथ दिन्छन्

जीवनमा सुख साट्न मात्र होइन, दुःख बाँड्न पनि साथी जरुरी हुन्छ । असल साथीले हामीलाई जीवनको हरेक पाइलामा साथ दिन्छन् । जस्तो सुकै अफ्ठेरो परिस्थितमा पनि सच्चा साथीहरू सधैँ हाम्रो साथमा उभिन्छन् । तिनीहरूले प्रोत्साहन दिन्छन् र हरेक परिस्थितमा म साथमा छु भन्ने महसुस गराउँछन् ।

२.भावनात्मक समर्थन दिन्छन्

सजिलोमा साथ दिन मात्र होइन, अप्ठ्यारोमा हात दिन पनि साथी जरुरी हुन्छ । सच्चा साथी त्यो हो जसले भावनात्मक रुपमा समर्थन दिन्छन् । सुख र दुखमा दुवैमा साथ दिन्छन् । परिस्थिति जतिसुकै कठिन किन नहोस्, असल साथीले कहिल्यै एक्लै छोड्दैन । भावनात्मक समर्थनले साथीका लागि हेरचाह र करुणा देखाउँछन् ।

३. बोली र व्यवहार समान देखाउँछन्

असल साथीको बोली र व्यवहारमा समानता हुन्छ । उनीहरू एउटा कुरा बोल्ने र अर्कै कुरा गर्ने गर्दैनन् । जे बोल्छन् त्यही गर्छन्, जे गर्छन् त्यही बोल्छन् । उदाहरणका लागि साथीले म आवश्यक परेको बेलामा सहयोग गर्छु भन्छन् भने उनीहरूले आवश्यकता परेका बेला सहयोग पनि गर्छन् ।

४. जस्तो हुनुहुन्छ त्यस्तै रुपमा स्वीकार गर्छन्

यदि कोही व्यक्तिले आफ्नो जीवनमा कुनै पनि सम्बन्ध राख्न चाहन्छ भने उसले त्यसलाई जस्तो छ त्यही रुपमा स्वीकार्छ । एक साँचो मित्रले तपाई जस्तो हुनुहुन्छ त्यस्तै रुपमा स्वीकार गर्छन् । राम्रो नराम्रो सबै बानी थाहा पाएर त्यो बानी व्यवहारसहित स्वीकार गर्छन् ।

५. तपाईँको दृष्टिकोणलाई सम्मान गर्छन्

यदि साथीले आफ्नो चाहना अनुसारको व्यवहार गरिदेओस् आफूले भनेको जस्तो काम गरिदेओस् भन्ने चाहन्छ भने त्यो तपाईंको असल साथी होइन । असल साथीले तपाईंको विचार धारण र दृष्टिकोणलाई पनि सम्मान गर्छ । साथै तपाईंको छनौट, सहमति र असहमतिलाई सधैँ सम्मान गर्छन् ।

६.अगाडि बढ्न उत्प्रेरित गर्छन्

मानिसहरूले भनेको सुन्नु भएको छ होला–मेरो साथीले मलाई मोटरसाइकल चलाउन सिकायो, मलाई व्यवसाय गर्न सिकायो । यदि तपाईँलाई पनि साथीले नयाँ कुरा सिकेर अगाडि बढ्न उत्प्रेरित गर्छ भने त्यो तपाईंको सच्चा साथी हो ।

७.प्रेम र सहानुभूति प्रदान गर्छन्

सच्चा साथी सधैँ हेरचाह गर्ने, मायालु, बफादार, हुन्छन् । उनीहरूले तपाईंको भावना बुझ्छन् र दु:खको परिस्थितिमा तपाईंप्रति सहानुभूति राख्छन् । सहानुभूति भनेको पीडा महसुस गर्नु मात्र होइन, त्यो पीडालाई कम गर्न सहयोग गर्नु पनि हो । असल साथीले पीडालाई कम गर्न सहयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?