+
+
Shares

टोखामा प्रहरीले चलायो गोली, एक जना पक्राउ

नारायण अधिकारी नारायण अधिकारी
२०८१ फागुन १८ गते १९:०१

१८ फागुन, काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ ।

पक्राउ पर्नेमा गुड्डु पटेल रहेकाे अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?