
१८ फागुन, काठमाडौं । काठमाडौं महनागरपालिकाले सवारी प्रदूषण परीक्षण क्रममा फेल भएका सवारीसाधनलाई जरिबाना तिराएको छ ।
महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले आइतबार टेकु चोकमा प्रदूषण जाँच गर्ने क्रममा फेल भएका सवारीलाई जरिवाना तिराइएको हो ।
आइतबार ४० सवारीसाधन जाँच गर्दा २२ फेल भएका थिए भने भने १८ ठिक हालतमा थिए । महानगर प्रहरीका अनुसार प्रदूषण परीक्षण फेल भएका सवारीसाधनलाई ५ सय रुपैयाँका दरले जरिबाना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4