+
+
Shares
फेसन :

काठमाडौंको फेसन शोमा बलिउड स्टार लारा दत्त (तस्वीर)

पशुपतिनाथ, भक्तपुर दरबार स्क्वायर, बौद्ध स्तुपा भ्रमण

‘लामो समयदेखि मेरो इच्छा सूचीमा रहेको देश । नेपालमा पक्कै पनि एउटा आदिम ऊर्जा छ, जुन स्पष्ट र उत्साहपूर्ण छ’ घुमघामका फोटो सेयर गर्दै लाराले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो पहिलो नेपाल भ्रमण धेरै कुराको मिश्रण र गहिरो आध्यात्मिक यात्रा पनि हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते २०:०३

काठमाडौं । केही दिनअघिसम्म बलिउड स्टार लारा दत्त काठमाडौं घुमघाममा ब्यस्त रहिन् । एक फेसन शोमा सहभागि हुन नेपाल आएकी उनले धार्मिक र सांस्कृतिक सम्पदा भ्रमण गरिन् । अनि पर्वतीय उडानमार्फत सगरमाथा अवलोकन गरिन् ।

महाशिवरात्री मनाएर ‘चलो दिल्ली’ अभिनेत्री भारत फर्किएकी छन् । पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार स्क्वायर, बौद्ध स्तुपा र आसपासका गुम्बा भ्रमण गरेकी लाराले लामो समयदेखि नेपाल आफ्नो भ्रमण सूचीमा रहेको बताएकी छन् ।

‘लामो समयदेखि मेरो इच्छा सूचीमा रहेको देश । नेपालमा पक्कै पनि एउटा आदिम ऊर्जा छ, जुन स्पष्ट र उत्साहपूर्ण छ’ घुमघामका फोटो सेयर गर्दै लाराले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो पहिलो नेपाल भ्रमण धेरै कुराको मिश्रण र गहिरो आध्यात्मिक यात्रा पनि हो ।’

क्लासिक डायमण्ड ज्वेलरीको सिजन ५ मा सहभागि हुन नेपाल आएकी दत्त उक्त फेसन शोमा शो स्टपरको रुपमा सहभागि भएकी थिइन् । सन् २००० की मिस युनिभर्स विजेता समेत रहेकी अभिनेत्री दत्त हाउसफूल, पार्टनर, भागम भाग, नो इन्ट्री, मस्तीजस्ता हिन्दी फिल्मका लागि परिचित छिन् ।

तस्वीर सौजन्य : क्लासिक डायमण्ड ज्वेलर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?