+

म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरियो

२०८१ फागुन  १९ गते ७:४३ २०८१ फागुन १९ गते ७:४३
म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरियो

१९ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा फुलहामसँग टाइब्रेकरमा पराजित हुँदै साविक विजेता युनाइटेड बाहिरिएको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा फुलहामले ४ मध्ये ४ गोल गर्दा युनाइटेडले ५ प्रयासमा २ मिस गर्‍यो ।

त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्जुरी समयमा केल्भिन बासेले गोल गरेपछि फुलहामले अग्रता लिएको थियो भने ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काएका थिए ।

युनाइटेडले गतवर्षको फाइनलमा म्यान्चेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो । युनाइटेडले दोस्रो सर्वाधिक १३ पटक एफए कपको उपाधि जितेको छ ।

आर्सनलको नाममा १४ उपाधि छ । आर्सनल पनि युनाइटेडसँग तेस्रो चरणमा पराजित हुँदै बाहिरिसकेको छ ।

एफए कप फुटबल म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय