+
+
Shares
अस्कर अवार्ड २०२५ :

पहिलो अस्कर जितेपछि जोय साल्दाना : म आप्रवासीको गर्विलो सन्तान

‘मेरी हजुरआमा पहिलोपटक सन् १९६१ मा यो देशमा आउनुभयो, आप्रवासी अभिभावकको गर्विलो सन्तान हुन पाउँदा म गर्व महसुस गर्छु ।’ उनले यसो भनिरहँदा दर्शकदीर्घाबाट जोडदारले ताली बज्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते ८:३२

लस एन्जलस । अभिनेत्री जोय साल्दानाको लागि यो पहिलो अस्कर हो । सोमबार बिहान यी हलिउडकी प्रसिद्ध अभिनेत्रीले ‘एमिलिया पेरेज’बाट सहायक अभिनेत्रीको अस्कर अवार्ड जितिन् ।

ट्रफी उचाल्दै उनी भावुक बनिन् र दर्शकदीर्घमा बसेकी आमातिर हेर्दै खुसीका आँसु बगाइन् ।

‘म यो सम्मानबाट खुसी छु’ आफूसँगै मनोनित भएका प्रतिस्पर्धी र फिल्म समुदायलाई आफ्नो जित समर्पित गर्दै उनले भनिन्, ‘म यो गुन अवश्य तिर्नेछु ।’

फिल्मका कलाकार टोली र उनीसँग काम गर्ने सबैको प्रशंसा गर्दै उनले आफ्नो परिवारको कुरा गरेपछि उनी थप भावुक भइन् । ‘मैले मेरो जीवनमा गरेको सबै साहसी, सम्मानित र राम्रो सबै तपाईंको कारण हो’ उनले आफ्नो पति, उनको ‘सुन्दर कपाल’ र उनीहरूका तीन छोराहरूको प्रशंसा गर्दै भनिन् ।

‘मेरी हजुरआमा पहिलोपटक सन् १९६१ मा यो देशमा आउनुभयो, आप्रवासी अभिभावकको गर्विलो सन्तान हुन पाउँदा म गर्व महसुस गर्छु ।’ उनले यसो भनिरहँदा दर्शकदीर्घाबाट जोडदारले ताली बज्यो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले साल्दानाको यो स्पिचलाई वर्तमान ट्रम्प प्रशासनलाई कटाक्ष गरेको रुपमा अथ्र्र्याएका छन् । ‘म एकेडेमी अवार्ड स्वीकार गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ र मलाई थाहा छ म अन्तिम हुने छैन’ उनले भनिन् ।

‘स्पेनी भाषामा गाएको गीतमा र भाषामा मैले पुरस्कार पाएँ ।। यो जित मेरी हजुरआमाको लागि हो’ उनले भनिन् । साल्दाना ब्लकबस्टर फिल्म ‘अवतार’ लगायतका फिल्मको लागि परिचित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?