+
+
Shares

विराट गोल्डकप आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते ८:३५

१९ फागुन, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।

उद्घाटन खेल आयोजक मोरङ र त्रिभुवन आर्मी क्लबबीच तय भएको थियो । तर आर्मी क्लब केपी ओली कपको फाइनल प्रवेश गरेपछि प्रतियोगिताको सेड्युल परिवर्तन भएको हो ।

आजको खेल बेलुका ५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा २ भारतीयसहित १० वटा टोलीको सहभागिता रहने छ ।

‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । उनका अनुसार खेल हेर्नका लागि टिकटदर २ सय रूपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा २ हजार रुपैयाँसम्मको फाइदा हुने दाबी रिजालको छ ।

प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?