+
+
Shares

सप्तरीको फत्तेपुरमा बाघ पस्यो, आक्रमणबाट २ जना घाइते

फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको हो । बाघको आक्रमणबाट २ जना स्थानीय घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १०:०३

१९ फागुन, राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते समेत भएका छन् ।

अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए ।

उनका अनुसार आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो । त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो ।

उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ । उक्त बाघलाई जंगल क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?