+
+
Shares

डीआईजी कार्की  सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १२:१६

१९ फागुन, काठमाडौं। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्की सम्मानित भएका छन् ।

काठमाडौंमा आयोजित कोरियन एजुकेसनल कन्सल्टेन्सी एशोसिएसनको साधारण सभामा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्कीसहित विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तीन जनालाई सम्मान गरेका हुन् ।

लुम्बिनी प्रदेशको प्रमुखको रुपमा जनअपेक्षा बमोजिम सेवा प्रदान गरेको, प्रहरीका कामकारबाहीमा पारदर्शिता र सुशासन प्रवर्द्धन गर्नुका साथै अपराध र चोरीपैठारी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको भन्दै डीआईजी कार्कीलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

सोही कार्यक्रममा समाजसेवी तथा अधिवक्ता गोविन्द पन्थी र पत्रकार जीवन शर्मा पनि सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?