+

केपी ओली कप फुटबलको उपाधिका लागि मच्छिन्द्र र आर्मी खेल्दै

२०८१ फागुन  १९ गते १२:०० २०८१ फागुन १९ गते १२:००
केपी ओली कप फुटबलको उपाधिका लागि मच्छिन्द्र र आर्मी खेल्दै

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । त्यसैगरी गायक कुमा सागर, पुर्ण राईलगायतको प्रस्तुती रहनेछ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

केपी ओली कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय