
काठमाडौँ । ब्राजिलका विश्वचर्चित डीजे एवं संगीत निर्माता एलोकले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार उनले ठमेलस्थित एलओडी क्लबमा प्रस्तुति दिने तय भएको हो ।
उनी इलेक्ट्रोनिक नृत्य संगीतका लागि विश्वभर परिचित छन् । उनले सन् २०१६ मा आफ्नो हिट गीत ‘हियर मी नाउ’ मार्फत अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, जुन विश्वव्यापी रूपमा ठूलो सफलता बन्यो ।
नोभर लेट मी गो, बिग जेट प्लेन, फाभेला, लभ अगेन उनका हिट गीत हुन् । डिजे म्यागले उनलाई संसारका उत्कृष्ट १०० मध्ये २० औं स्थानमा राखेको छ । उनले जेसन डेरुलो, टोभ लो, एलन वाकर र स्टीव आओकी जस्ता ठूला नामसँग काम गरेका छन् ।
उनको प्रस्तुति हेर्न क्लबले २ हजार र ३ हजार रुपैयाँ टिकट राखेको निर्देशक भुपेन कुँवरले जानकारी दिए । यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिएका छन् ।
टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् । ब्राजिलमा उनको एलोक इन्स्टिच्युट पनि छ जसले शिक्षा र सामाजिक क्षेत्रमा काम गर्छ । एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९, ५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो ।
प्रतिक्रिया 4