+
+
Shares

कांग्रेसले सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १३:२७

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रुपमा सार्वजनिक गर्ने तयारी गरिहेको सोमबार जानकारी गराए ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले कांग्रेसले विगतमा गरेका कार्यहरू जनतालाई जानकारी गराउन पुस्तकका रुपमा प्रकाशन गर्न लागिएको बताए ।

विसं २०१५ र २०४८ सालमा कांग्रेस नेतृत्वमा भएका कार्यहरू पनि पुस्तकमा समावेश हुने खड्काले जानकारी गराए । सबै अभिलेख खोजी गरेर पुस्तकको तयारी भएको उनको भनाइ छ ।

‘प्रतिष्ठानले पुस्तकको तयारीको काम अघि बढाएको छ । हामीले गरेका कामहरुलाई गाउँ गाउँमा बस्ती बस्तीमा पुर्‍याउँछौं,’ खड्काले भने । कांग्रेसले गरेका परिवर्तनका कामहरू सबै सामू पुग्नुपर्ने खड्काले बताए ।

प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणको क्रममा भैरहवामा बोल्दै खड्काले समस्या समाधान कांग्रेसले गर्नसक्ने भरोसा दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?